You are viewing the translated version of अन्त:शुल्क छुट हुने.

Section 4C
अन्त:शुल्क छुट हुने
(१) कूटनीतिक सुविधा प्राप्त व्यक्ति वा निकायले परराष्ट्र मन्त्रालयको सिफारिसमा पैठारी गर्ने वस्तुमा अन्त:शुल्क छुट हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा समेत अन्त:शुल्क छुट हुनेछः-

(क) विदेशी नियोग तथा दातृ संस्थाले कूटनीतिक सुविधा वा महसुल सुविधामा पैठारी गरेका सुरु उत्पादन वर्षले दश वर्ष ननाघेका सवारी साधन कुनै आयोजनाको स्वीकृत वार्षिक कार्यक्रम अनुरूप. आयोजनालाई नै हस्तान्तरण गरी सरकारी नम्बर प्लेटमा परिवर्तन गर्दा वा कुनै आयोजनाको नाममा पूर्ण वा आंशिक महसुल सुविधामा (लगत वा बैङ्क ग्यारेण्टीमा पैठारी भएको बाहेक) पैठारी भएका सुरु उत्पादन वर्षले दश वर्ष ननाधेका सवारी साधन आयोजना समासि पछि अर्थ मन्त्रालयको स्वीकृति लिई स्थानीय निकाय सामुदायिक विद्यालय सामुदायिक अस्पताल वा सरकारी निकायलाई हस्तान्तरण गर्दा

(ख) कूटनीतिक नियोग परियोजना, ७व्यक्ति र अन्य निकायहरूले (सरकारी एवं गैरसरकारी संघ संस्था) महसुल सुविधामा पैठारी गरेका शुरु उत्पादन वर्षले पन्ध्र वर्ष नाघेका पुराना सवारी साधन अर्थ मन्त्रालयको स्वीकृति लिई पुनः प्रयोग हुन नसक्ने गरी स्क्रयाप गरी रजिष्ट्रेशन रद्द गर्न चाहेमा त्यस्तो सवारी साधनमा

(ग) निजी प्रयोजनको लागि आंशिक भन्सार महसुल सुविधामा पैठारी गरिएका सवारी साधनका धनीको मृत्यु भइ उक्त सवारी साधनलाई निजको पति वा पत्नीको नाममा नामसारी गर्दा ।

(घ) संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ खटिने सैनिक सशस्त्र प्रहरी र नेपाल प्रहरीको डफ्फाको प्रयोगका लागि लगतमा राखी लगेका आमौंड पर्सनल क्यारियर सवारी साधन हात हतियार लगायत सबै प्रकारका मालवस्तु ।

(३) नब्बे प्रतिशत वा सोभन्दा बढी स्वदेशी झुत्रा वा पत्रु (कवाडी) वस्तु प्रयोग गरी उत्पादन गर्ने उद्योगलाई त्यस्तो उत्पादनमा लाग्ने अन्त:शुल्क छुट हुनेछ ।